अवरुद्ध ताप्लेजुङ –काठमाडौ उडान सुचारु

अवरुद्ध ताप्लेजुङ –काठमाडौ उडान सुचारु

२०८०, भाद्र १८ सोमवार

  • 813
    SHARES

  • अवरुद्ध ताप्लेजुङ –काठमाडौ उडान सुचारु

    ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौ सुकेटार उडान सुरु गरेको छ । 

    खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

    लामो समयपछि भएको उडानमार्फत काठमाडौबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौ गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिवार नियमित उडान हुने उनले बताएका छन्। करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

    यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौ ताप्लेजुङको भाडा यसअघि रु ९ हजार छ सय ५३ थियो भने हाल घटाएर रु ८ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौको भाडा यसअघि रु ९ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु ८ हजार चार सयमा झारिएको छ ।

    मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

     

    २०८०, भाद्र १८ सोमवार०१:१८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार