डा. भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

डा. भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

२०७७, माघ ३ शनिवार

  • 2.3K
    SHARES

  • डा. भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

    माघ ३, काठमाडौं ।

    डा. अर्जुनदेव भट्टको खण्डकाव्य ‘मुटुको धड्कन’ कृति आज लोकार्पण भएको छ ।

     प्राज्ञ प्रा. डा. खेम कोइराला बन्धुले कृति लोकार्पण गर्दै समाज सुधारको एउटा पक्षका रुपमा सो कृति महत्वपूर्ण रहेको बताए । वरिष्ठ मूत्ररोग विशेषज्ञ वाङ्मयमा प्रवेश गर्नु स्वागतयोग्य रहेको उनको भनाइ थियो  ।  

    सो अवसरमा साहित्यकार कलानिधि दाहालले  कृति परम्परावादी, आधुनिक र मध्यमार्गी सोचको त्रिकोणात्मक विषयवस्तुमा आधारित भएको विचार व्यक्त गरे ।

    खण्डकाव्यकार प्रा. डा. भट्टले आपूm चिकित्सक भएर काम गर्दाका अनुभव समेटी २०३४ सालमा लेखिएको सो गद्य खण्डकाव्य कृति ४४ वर्षपछि प्रकाशनमा आएको जानकारी दिए ।

    कार्यक्रममा साहित्यकार बलराम दाहालले खण्डकाव्यकार भट्ट चिकित्सा क्षेत्रमा मात्र अब्बल नरही साहित्यमा पनि अब्बल रहेको धारणा व्यक्त गरे। 

    सो खण्डकाव्यमा तराईकी  गरीब महिलाको वेदनालाई दर्शाइएको छ। 

    २०७७, माघ ३ शनिवार०७:०४:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार