उपमहासचिव खतिवडालाई मातृशोक

उपमहासचिव खतिवडालाई मातृशोक

२०८०, भाद्र १९ मंगलवार

  • 561
    SHARES

  • उपमहासचिव खतिवडालाई मातृशोक

    काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

    खतिवडाकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।

    उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

    २०८०, भाद्र १९ मंगलवार११:२२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार