राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

२०८०, भाद्र २२ शुक्रवार

  • 573
    SHARES

  • राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

    काठमाडौँ । राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ ।

    सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

    राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गर्नुभएको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

    २०८०, भाद्र २२ शुक्रवार०७:२८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार