जी २० राष्ट्रहरुको शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, अस्थिर सरकारका कारण नेपाल उपेक्षित

जी २० राष्ट्रहरुको शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, अस्थिर सरकारका कारण नेपाल उपेक्षित

२०८०, भाद्र २३ शनिवार

  • 933
    SHARES

  • जी २० राष्ट्रहरुको शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, अस्थिर सरकारका कारण नेपाल उपेक्षित

    नयाँदिल्ली । जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा शनिबार औपचारिक रुपमा सुरु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू दिल्ली आईपुगेका छन् । 

    यस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नआउने उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ पनि सम्मेलनमा सहभागी हुँदैछन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस सम्मेलनमा सहभागी नहुने बताईएको छ । 

    दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान भएको कार्यक्रममा विभिन्न देशका शीर्ष नेताहरुको आगमन भएको छ। पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र हुनेछ। आज प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत, इटाली, जापान र जर्मनीका राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने तयारी पनि छ।

    यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो, त्यसपछि दुवै पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए। यस वक्तव्यमा अमेरिकाले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउनको लागि आफ्नो समर्थन दोहोर्याएको छ । 

    विश्वभरबाट प्रतिनिधी र पर्यवेक्षक भारत आईपुगे पनि सिमाना जोडिएको सानो हिमाली देश नेपाल भने उपेक्षामा परेको छ । यद्यपि नेपालको परराष्ट्र नीति व्यक्तिगत तजवीजिमा चल्नुका साथै अस्थिर सरकारबाट शासन संचालन भईरहेकाले कुन दल या पार्टी सँग सहकार्य गरेर द्धिपक्षीय हितमा काम गर्ने अन्योल बढेका कारण नबोलाइएको धारणा समेत जानकारहरुले राखेका छन् ।

    त्यस्तै बोलाई र गराईमा समेत एकरुपता नरहेको उनीहरुको भनाई छ । यस सम्मेलनमा बंगलादेशलाई भने आमन्त्रण गरिएको छ । -एजेन्सी ।

    २०८०, भाद्र २३ शनिवार०६:०१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार