एसिया कप सुपर- ४ : श्रीलंकाको पहिलो जित, बाहिरियो बंगलादेश 

एसिया कप सुपर- ४ : श्रीलंकाको पहिलो जित, बाहिरियो बंगलादेश 

२०८०, भाद्र २४ आइतवार

  • 937
    SHARES

  • एसिया कप सुपर- ४ : श्रीलंकाको पहिलो जित, बाहिरियो बंगलादेश 

    एजेन्सी । एसिया कप क्रिकेटअन्तर्गत सुपर-४ मा श्रीलंकाले आफ्नो पहिलो खेलमा जित निकालेको छ। बंगलादेशको भने सुपर(-४ मा लगातार दोस्रो हार हो।

    शीर्ष चार टोलीबीच राउन्डरोविनका आधारमा शीर्ष दुईमा रहने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने गर्छ। तर बंगलादेश पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएसँगै उसको फाइनल सम्भावना सकिएको छ।

    शनिबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गर्दै लगातार १३ एकदिवसीय अन्तर्राष्ट्रियमा जित हासिल गर्‍यो। अस्ट्रेलियापछि लगातार सर्वाधिक धेरै एकदिवसीय अन्तराष्ट्रिय खेल जित्ने टिम बन्न समेत श्रीलंका सफल भयो।

    कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो। जवाफमा बंगलादेश ४८.१ ओभरमा अलआउट हुँदै २ सय ३६ रनमा समेटियो।

    बंगलादेशका लागि टौहिट ह्रदोले सर्वाधिक ८२ रन बनाउँदा मुस्फिकर रहिमले २९ रनको योगदान दिए। त्यस्तै, मेहिदी हसन मिराजले २८ रन बनाउँदा मोहम्मद नइमले २१ रनको स्कोर बनाएकी थिइन्।

    त्यस्तै, लिटन दासले १५ रन बनाउँदा नसुम अहमेदले पनि १५ रन बनाए। तर टिमको हार टार्न भने पर्याप्त रहेन। श्रीलंकाका लागि महेश थिकसना, दसुना सनाका र मथिसा पथिरानाले समान ३-३ विकेट लिएका थिए। अर्को एक विकेट दुनिथ वेलालागेले लिएका थिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सदेरा समराविक्रमको ९३ रनको इनिङमा २ सय ५७ रनको स्कोर तयार गरेको थियो। उसका लागि थप दोहोरो स्कोरका रूपमा कुशल मेन्डीसले ५० रन बनाउँदा पथुम निसन्काले ४० तथा चरिथा असलन्काले १० रन बनाए।

    त्यस्तै, कप्तान दसुन सनाकाले २४ रन बनाउँदा दिमुथ करुणारत्नेले १८ रन बनाए। बंगलादेशका लागि तास्किन अहमेद, हसन महमुदले समान ३-३ विकेट लिएका थिए।

    २०८०, भाद्र २४ आइतवार०७:५८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार