नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

२०८०, भाद्र २६ मंगलवार

  • 765
    SHARES

  • नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ ।

    महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

    २०८०, भाद्र २६ मंगलवार०७:३९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार