संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

२०८०, भाद्र २६ मंगलवार

  • 761
    SHARES

  • संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

    काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

    वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

    सरकारले नेम्वाङको अन्त्येष्टी गरेकै दिन सार्वजनिक विदा दिने घोषणा बिहान बसेको मन्त्री परिषदको बैठकले निर्णय गरेको थियो । उनको अन्त्येष्टी पनि सोही दिन हुने एमालेले जनाएको छ ।  

    २०८०, भाद्र २६ मंगलवार०९:१५:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार