काठमाडौं । नेपाल भारत मैत्रीसंघ काठमाडौंले तिजको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
मंगलवार काठमाडौंमा करिव १ सय जना महिला तथा पुरुषको सहभागितामा शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।
समस्त हिन्दु नारीको महानचाड तिजलाई नेपालमा हरितालिका तिजको रुपमा विशेष महत्वका साथ मनाईने गरेकोमा आफुलाई अधिक रोमाञ्चित बनाउने गरेको विशेष अतिथिको रुपमा रहेकी भारतिय राजदुतावासकी प्रथम सचिव एवं स्वामी विवेकानन्द कल्चरल सेन्टरकी डाईरेक्टर डा आशावरी उदयलवटले बताइन् ।

हिमालयन पुत्री पार्वतीको संघर्षका कथाले वास्तवमै आजको वैज्ञानिक युगलाई सत्मार्गमा डोहोर्याउन सकेको डा लवटको भनाई थियो । कार्यक्रममा मैत्री संघकी वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, महासचिव बोधकृष्ण सुवेदी, आमन्त्रित केन्द्रीय सदस्य अर्जुन बहादुर अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
आगामी दिनमा विशेष कार्ययोजना बनाएर रचनात्मक कार्यक्रम संचालन गरिने कार्यक्रमकी सभापति तथा काठमाडौं अध्यक्ष जानुका कार्कीले बताइन् ।


