काठमाडौं । स्वर्गिय समाजसेवी प्रयाग सिंह सुवाल स्मृतिकप फुटबल खेलाडीलाई काठमाडौं महानगरपालिका वडा नं ३१ ले खेल सामग्री हस्तान्तरण गरेको छ ।
बुधवार शान्तिनगरमा आयोजित एक समारोहका बीच वडाध्यक्ष सरोज ढकाल र पुर्व वागमती प्रदेश सभा सदस्य गणेश प्रसाद दुलालले खेलाडीका साथै टिम क्याप्टेन राजेश गुरुंगलाई खेल सामग्री तथा जर्सी हस्तान्तरण गरे ।

त्यस्तै, कार्यक्रममा सदस्यहरु अप्सरा खनाल, सान्नानी मिजार, हुमा आचार्य, अशोक केसी, वडा सचिव सुरेश साहु, कार्यपालिका सदस्य विनोद अछामी, समाजसेवी रामप्रसाद अमगाईँ, यामलाल गौतम लगाएतको उपस्थिति रहेको थियो ।
स्मृति कप वडा नं २३ को आयोजनामा महानगरपालिका अन्तर वडास्तरीय ७ ए साईड फर्म्याटमा संचालन भईरहेको छ ।
वडाको ईज्जत राख्ने गरि अनुशासनको पूर्ण परिपालना गर्दै फुटबल खेल्न वडाध्यक्ष ढकालले आग्रह गरेका छन् । कप जितेर आए उचित पुरस्कारले सम्मान गर्ने घोषणा समेत ढकालले गरेका छन् ।

