पूर्व सभामुख नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि 

पूर्व सभामुख नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि 

२०८०, भाद्र २८ बिहिवार

  • 561
    SHARES

  • पूर्व सभामुख नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि 

    काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

    नेम्वाङको सोमबार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

    आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।

    त्यसअघि शवयात्रा हुनेछ। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। 

    शोक विदा मनाउन सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

    २०८०, भाद्र २८ बिहिवार०८:०६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार