‘संसद् विघटन गर्न पाइन्न’

‘संसद् विघटन गर्न पाइन्न’

२०७७, माघ ४ आइतवार

  • 1.2K
    SHARES

  • ‘संसद् विघटन गर्न पाइन्न’

    माघ ४, ललितपुर ।

    नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् ।

    नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन ।

    यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।  

    कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए ।

    ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए । 

    २०७७, माघ ४ आइतवार०७:०१:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार