स्वर्ण पदक बिजेतालाई श्री बौद्धनाथ क्षेत्र विकासको सम्मान  

स्वर्ण पदक बिजेतालाई श्री बौद्धनाथ क्षेत्र विकासको सम्मान  

२०८०, आश्विन ७ आइतवार

  • 1.3K
    SHARES

  • स्वर्ण पदक बिजेतालाई श्री बौद्धनाथ क्षेत्र विकासको सम्मान  

    काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । 

    समितिले आइतबार एक कार्यक्रमका बीच सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा मिति २०८० साल श्रावण२६ गते देखि २८ गते सम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया स्वतन्त्रता दिवस कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२३ मा नेपाल सितोरियो कराते डोजो प्रथम शाखा डोजो बौद्ध पिपलबोट बाट खेलाडी  प्रभात रोका मगर  र छेयुङला शेर्पाले क्रमश ३० केजी र २५ केजी तौल समुहमा स्वर्ण पदक हासिल गरेका थिए । 

    श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एबम अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेले स्वर्ण पदक बिजेता खेलाडी द्वय प्रभात रोका मगर र छेयुङला शेर्पालाइ नगद पुरस्कार रु दश हजार सहित कदर पत्रले सम्मान गरेका थिए । 

    14.jpg

    उक्त कार्यक्रममा प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डे, श्री बौद्धनाथ क्षेत्र बिकास समितिको कार्यकारी निर्देशक  शान्ती माया तामाङ  ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक लेख नाथ मैनाली, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु शैलेश श्रेष्ठ, जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा, पशुपतिनाथ ९श्याम० खतिवडा, सुरज रुम्बा लगायतको उपस्थिति रहेको थियो ।
        
    कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पदक बिजेता खेलाडीहरुलाई बधाई दिदै खेलाडीहरु राष्ट्रको गहना भएको बताए। उनले बौद्ध र नेपाललाई अन्तराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोमा खुसि ब्यक्त गरे।  
    खलाडीहरुको मनोबल बढाउन र खेलप्रतिको निरन्तरताको लागिपनि स्वर्ण पदक बिजेता  खेलाडीहरुलाई क्षेत्र बिकास समितिले सम्मान गरेको बताए । बौद्ध बौद्धनाथ क्षेत्र विकास समितिले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    २०८०, आश्विन ७ आइतवार०४:५५:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार