बौद्धनाथ क्षेत्र विकासद्धारा पर्यटकलाई स्वागत

बौद्धनाथ क्षेत्र विकासद्धारा पर्यटकलाई स्वागत

२०८०, आश्विन १० बुधवार

  • 1.3K
    SHARES

  • बौद्धनाथ क्षेत्र विकासद्धारा पर्यटकलाई स्वागत

    काठमाडौं । विश्व पर्यटन दिवस विविध कार्यक्रम गरेर मनाईएको छ । । 

    ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाईएको हो । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाईएको छ । 

    विश्व पर्यटन दिवसको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत गरेको छ ।

    22.jpg

    श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई  खादा लगाएर स्वागत गरेका हुन ।

    साथै समितिले आज बौद्धनाथ महाचैत्य अवलोकनका लागि पुगेका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए ।

    स्वागत कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ (श्याम)खतिवडालगायतको उपस्थिति रहेको थियो ।

    २०८०, आश्विन १० बुधवार०९:१२:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार