जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

२०७७, माघ ४ आइतवार

  • 1.2K
    SHARES

  • जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

    माघ ४, बर्लिन ।

    जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ । लाचेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ ।

    लाचेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन् ।  

    कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन् ।   

    सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

    व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लाश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाको नेता हो । 

    उनलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरिया लगायत अन्य मुलुकबाट आएका सयौं हजारौं आप्रवासीहरूको लागि सीमाना खुल्ला गर्दा मर्केललाई साथ दिने उहाँ एक इमान्दार नेताका रूपमा चिनिन्छ ।  

    आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उहाँलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ । 

    सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उहाँले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताएका थिए ।- एजेन्सी । 

    २०७७, माघ ४ आइतवार०७:१२:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार