काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले अधिवेशन लोगो सार्वजनिक गरेको छ ।
उपत्यका विशेष प्रदेश कमिटीको यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनका लागि लोगो सार्वजनिक गरेको हो ।
आईतवार पार्टीकी पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईञ्चार्ज सुजिता शाक्यले लोगो सार्वजनिक गर्नुभएको हो ।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्जार्चहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी, गोविन्द दुवाल र उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेम कुमार पराजुलीको उपस्थिति रहेको थियो ।
अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ । अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने छ । गैर भूगोलका विशेष क्षेत्र पेशाकर्मी, उद्योग व्यवसायी, युवा विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई चासोपूर्वक हेरिएको छ ।