नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

२०८०, आश्विन १८ बिहिवार

  • 685
    SHARES

  • नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

    काठमाडौ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । 

    विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

    यस वर्ष न्यून आर्थिक वृद्धिदर ९१।९ प्रतिशत०, बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ । 

    नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैङ्कको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोभिड-१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो । त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ । नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एक दशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो । 

    नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा सङ्कुचन देखिएको विश्व बैंकले जनाएको छ । विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैङ्कको प्रतिवेदनमा उल्लेख छ । कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्किन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने अनुमान विश्व बैङ्कको छ ।

    सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा तीन दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवा ब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ । 

    केही दिनअघिमात्र एशियाली विकास बैङ्क (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो ।

    एडिबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

    २०८०, आश्विन १८ बिहिवार०१:५२:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार