एकदिवसीय विश्वकपमा पाकिस्तान विजयी

एकदिवसीय विश्वकपमा पाकिस्तान विजयी

२०८०, आश्विन २० शनिवार

  • 917
    SHARES

  • एकदिवसीय विश्वकपमा पाकिस्तान विजयी

    नयाँदिल्ली । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी  सुरुवात गरेको छ। शुक्रबार हैदराबादमा भएको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दे प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटिएको थियो। तर उक्त लक्ष्य पछ्याएको डच टोली ४१ ओभरमा अलआउट हुँदै २ सय ५ रनमा समेटिएको थियो। नेदरल्यान्ड्सका लागि बास डि लिड्सले सानदार अलराउन्डर प्रदर्शन गरेपनि टिमलाई जित दिलाउन भने सकेन्। डच टोलीका लागि बास डि लिड्सले ६७ रन बनाउँदा विक्रम जित सिंहले ५२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।

    पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिंदा हसन अलीले २ विकेट हात पारे। त्यस्तै सहिन सा अफ्रिदी, इफ्तिखर अहमेद, मोहम्मद नवाज र सादव खानले समान १-१ विकेट लिएका थिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले खराव सुरुवातका बाबजुत प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ६८ रन बनाउँदा साउद सकिलले पनि ६८ रनकै स्कोर तयार गरेका थिए। त्यस्तै मोहम्मद नवाजले ३९ रन बनाउँदा सादव खानले ३२ रनको इनिङ खेलेका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।

    नेदरल्यान्ड्सका लागि बास डि लिड्सले ४ विकेट लिएका थिए। त्यस्तै कोलिन अक्रेमनले २ विकेट लिंदा लोगन भान बेक र पउल भान मेकेरेनले समान १-१ विकेट लिएका थिए। -एजेन्सी । 

    २०८०, आश्विन २० शनिवार०७:१३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार