एसियाली खेलकुद :कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक

एसियाली खेलकुद :कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक

२०८०, आश्विन २० शनिवार

  • 1.0K
    SHARES

  • एसियाली खेलकुद :कराँतेमा नेपाललाई  ऐतिहासिक रजत पदक

    काठमाडौँ । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको हो ।

    महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३-० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

    यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटर फाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । 

    यो सँगै नेपालले जारी १९ औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

    २०८०, आश्विन २० शनिवार०७:०१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार