एमाले उपत्यका विशेष प्रदेश अध्यक्षमा पराजुली र सचिवमा धरेल निर्वाचित 

एमाले उपत्यका विशेष प्रदेश अध्यक्षमा पराजुली र सचिवमा धरेल निर्वाचित 

२०८०, आश्विन २१ आइतवार

  • 1.4K
    SHARES

  • एमाले उपत्यका विशेष प्रदेश अध्यक्षमा पराजुली र सचिवमा धरेल निर्वाचित 

    काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष प्रदेश अध्यक्षमा प्रेम कुमार पराजुली निर्वाचित भएका छन् ।

    निर्वाचनको तयारी चलिरहँदा निवर्तमान उपसचिव समेत रहेका चन्द्र रिजालले शनिवार रातको बार्हबजे उमेद्वारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत निर्वाचित भएका हुन् ।

    निजामती सेवाबाट पूर्णकालिन राजनीतिमा प्रवेश गरेका पराजुली मेहनती र कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । यद्यपि विद्यार्थी राजनीतिबाट लोकप्रिय नेताको छवि बनाउँदै अगाडी बढेका रिजाल पराजुली आमनेसामने हुँदा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । रिजाललाई पार्टीको कुनै अर्को महत्वपूर्ण जिम्मेवारी दिईने बताइएको छ । 

    त्यस्तै, सांगठनिक, वैचारिक, उच्च गतिशिलताको उदाहरणीय बन्दै पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल सचिवमा निर्वाचित भएका छन् । जुझारु विद्यार्थी नेता चिरञ्जिवी पौडेलले मध्यान्ह रातमा धरेललाई समर्थन गरेपछि ४ वर्षे कार्यकालका लागि उनी सर्वसम्मत भएका हुन् । 

    अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की, उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।

    सदस्यहरुमा केही क्लष्टरको नाममा सर्वसम्मत हुन नसकेपछि आजलाई सहमति गर्नेगरि स्थगित गरिएको एमालेले जनाएको छ ।

    गैह्रभौगोलिक र पेशागत क्षेत्रका सदस्य आबद्ध कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । यस प्रदेश कमिटी मातहत पेशाकर्मी, मजदुर, युवा विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन् ।

    २०८०, आश्विन २१ आइतवार०८:५७:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार