आजदेखि खुल्यो दशैंका लागि अग्रिम बुकिङ 

आजदेखि खुल्यो दशैंका लागि अग्रिम बुकिङ 

२०८०, आश्विन २२ सोमवार

  • 769
    SHARES

  • आजदेखि खुल्यो दशैंका लागि अग्रिम बुकिङ 

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुला भएको छ।

    गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार यस विषयमा छलफल भएको थियो।

    हरेक वर्ष दशैं, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्। विगतका वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।

    २०८०, आश्विन २२ सोमवार०८:१५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार