नेपाली विद्यार्थीहरूको उद्धारको लागि नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

नेपाली विद्यार्थीहरूको उद्धारको लागि नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

२०८०, आश्विन २४ बुधवार

  • 669
    SHARES

  • नेपाली विद्यार्थीहरूको उद्धारको लागि नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउन ढिला भएको बारे सम्बन्धित अधिकारीहरूलाई बोलाई जानकारी लिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आज जहाज पठाउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउने निर्णय भएको उनको सचिवालयले जनाएको छ ।

    आज राति ११:०० बजे नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलबाट इजरायल प्रस्थान गर्नेछ ।

    २०८०, आश्विन २४ बुधवार०३:५९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार