इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन भने केही ढिलाइ हुने

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन भने केही ढिलाइ हुने

२०८०, आश्विन २५ बिहिवार

  • 881
    SHARES

  • इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन भने केही ढिलाइ हुने

    काठमाडौ । आतङ्कवादी समूह हमासले गत शनिवार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

    परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो ।

    उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ ।

    इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

    इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताइन् । 

    २०८०, आश्विन २५ बिहिवार०१:४३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार