दशैंका लागि नयाँ नोट आजदेखि पाइने

दशैंका लागि नयाँ नोट आजदेखि पाइने

२०८०, आश्विन २९ सोमवार

  • 805
    SHARES

  • दशैंका लागि नयाँ नोट आजदेखि पाइने

    काठमाडौं । बडादशैंको दोस्रो दिन आजदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि नयाँ नोट साट्न थालेको हो।

    काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।

    काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

    यसवर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

    २०८०, आश्विन २९ सोमवार०८:१८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार