गैरआवासीय नेपालीलाई नागरिकता वितरण आजदेखि

गैरआवासीय नेपालीलाई नागरिकता वितरण आजदेखि

२०८०, आश्विन ३० मंगलवार

  • 1.1K
    SHARES

  • गैरआवासीय नेपालीलाई नागरिकता वितरण आजदेखि

    काठमाडौँ । सरकारले आजदेखि गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण गर्दैछ । नागरिकता वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

    प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

    २०८०, आश्विन ३० मंगलवार०७:५१:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार