आज नेपाल र यूएईको खेल आज 

आज नेपाल र यूएईको खेल आज 

२०८०, कार्तिक १ बुधवार

  • 893
    SHARES

  • आज नेपाल र यूएईको खेल आज 

    काठमाडौँ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ।

    दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

    नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।

    डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल असोज १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूल पानीको माथिल्लो मैदानमा हुनेछ।

    मूल पानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ।

    २०८०, कार्तिक १ बुधवार०७:३४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार