काठमाडौंका यी तीन सडक भए आजदेखि एकतर्फी

काठमाडौंका यी तीन सडक भए आजदेखि एकतर्फी

२०८०, कार्तिक १ बुधवार

  • 605
    SHARES

  • काठमाडौंका यी तीन सडक भए आजदेखि एकतर्फी

    काठमाडौं । सवारीको बढ्दो चापलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आज कार्तिक १ गतेदेखि एकतर्फी बनाइएको छ ।

    महानगरपालिका ट्राफिक स्रोतका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी भएका छन् । यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ ।

    त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।

    यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

    सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ ।

    २०८०, कार्तिक १ बुधवार११:३५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार