त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल हङकङसँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल हङकङसँग खेल्दै

२०८०, कार्तिक २ बिहिवार

  • 793
    SHARES

  • त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल हङकङसँग खेल्दै

    काठमाडौं । नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

    मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितसहित लयमा रहने प्रयासमा रहेको छ।

    पहिलो खेलमा बुधबार युएईलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको नेपालका लागि घरेलु समर्थकमाझ लगातार दोस्रो खुसी साट्ने अवसर रहेको छ।

    टी-२० अन्तर्राष्ट्रियमा पछिल्लो पटक नेपाल र हङकङबीच २०२० को मार्चमा एसिसी टी-२० इस्टर्न रिजन कपका दौरान प्रतिस्पर्धा भएको थियो। जसमा हङकङ ४३ रनले विजयी भएको थियो।

    सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो। त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ।

    २०८०, कार्तिक २ बिहिवार०९:२०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार