खाद्य व्यवस्थाले घटायो खसीबोका र च्याङग्राको मूल्य

खाद्य व्यवस्थाले घटायो खसीबोका र च्याङग्राको मूल्य

२०८०, कार्तिक ३ शुक्रवार

  • 1.1K
    SHARES

  • खाद्य व्यवस्थाले घटायो खसीबोका र च्याङग्राको मूल्य

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खसीबोका र च्याङ्ग्राको मूल्यमा थप छुट दिएको छ।

    मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ।

    चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको हो।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत मंगलबारबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको थियो।

    खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको थियो।

    खाद्यले दसैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताएको छ।

    २०८०, कार्तिक ३ शुक्रवार०८:३१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार