बडादशैंको अवसरमा पूर्वराजाको शुभकामना, डेढ दशकयता नेपालीमा उत्साह छैन

बडादशैंको अवसरमा पूर्वराजाको शुभकामना, डेढ दशकयता नेपालीमा उत्साह छैन

२०८०, कार्तिक ३ शुक्रवार

  • 761
    SHARES

  • बडादशैंको अवसरमा पूर्वराजाको शुभकामना, डेढ दशकयता नेपालीमा उत्साह छैन

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीमा उत्साह नभएको उल्लेख गर्दै लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताएका छन्।

    विजयादशमीका अवसरमा देश र विदेशमा रहेका नेपालीलाई शुक्रबार शुभकामना दिँदै पूर्वराजा शाहले नेपालरुपी सुन्दर बगैँचालाई सजाउनु सबैको साझा दायित्व रहेको बताएका छन्।

    संवाद सचिवालयद्वारा जारी विज्ञप्तिमा पूर्वराजा शाहले एकतिहाइ जनसंख्या देशबाहिर रहेको उल्लेख गर्दै भनेका छन्, ‘महँगी, रोग, शोक, र भोकको ताप छ।

    हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो। हाम्रो देश झन् झन खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेंसी, कुना, कन्दरा सबैतिर सुनिन्छ।’

    उनले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न प्रयत्न हुनैपर्ने उल्लेख गर्दै सद्भाव बिनाको राष्ट्रको परिकल्पनासमेत गर्न नसकिने पनि बताएका छन्। पूर्वराजा शाहले नवदुर्गा भवानीले राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् भन्ने कामना पनि गरेका छन्।

    २०८०, कार्तिक ३ शुक्रवार०७:५३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार