त्रिकोणात्मक टी-२० सिरिज : हङकङसँग दोस्रो खेल खेल्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिज : हङकङसँग दोस्रो खेल खेल्दै नेपाल

२०८०, कार्तिक ४ शनिवार

  • 873
    SHARES

  • त्रिकोणात्मक टी-२० सिरिज : हङकङसँग दोस्रो खेल खेल्दै नेपाल

    काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टिम त्यसअघि अभ्यासका रूपमा हेरिएको टी-२० त्रिकोणात्मक सिरिजको फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेस्रो खेलमा शनिबार बिहान ११ बजे प्रतिस्पर्धा गर्दैछ।

    मूलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल विरुद्ध हङकङ पहिलो जितको प्रयासमा मैदानमा उत्रिन लागेको हो।

    जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

    शनिबार हङकङलाई हराएमा नेपाल एक खेल अगावै फाइनलमा पुग्ने छ। पहिलो खेलमा हङकङ नेपाली बलरसामु निरीह रहँदै ९४ रनमै अल आउट भएको थियो। यो पटक नेपाली राष्ट्रिय टोली उच्च लयमा रहेको छ।

    नेपाल, युएई र हङकङ सम्मिलित श्रींखलामा तीनै टिम आफ्ना कमजोरीलाई सुधार्दै टी-२० विश्वकपको एसिया छनोटका लागि मैदान उत्रिने तयारीमा रहेका छन्।

     

    २०८०, कार्तिक ४ शनिवार०८:१३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार