काठमाडौं । राज्यका तिनै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।
दुई वटा रुटमा क्रमशः नयाँ बसपार्क, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, पुतलीसडक, नक्साल हुँदै चक्रपथ र बालुवाटार, टिचिंग, चक्रपथ हुँदै चावहिल, कोटेश्वरदेखि सुर्य विनायक सम्म र पुनः फर्किएर सोही रुटमा संचालन हुनेगरि बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।
त्यस्तै, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।