आज दसैँको टीकाको दोस्रो दिन; आफन्तजनबाट टिका, जमरा लगाइँदै

आज दसैँको टीकाको दोस्रो दिन; आफन्तजनबाट टिका, जमरा लगाइँदै

२०८०, कार्तिक ८ बुधवार

  • 813
    SHARES

  • आज दसैँको टीकाको दोस्रो दिन; आफन्तजनबाट टिका, जमरा लगाइँदै

    काठमाडौँ । बुधबार (आज) पनि दसैँको टीका र जमरा लगाइँदै छ। मङ्गलवारको शुभ साइतमा टीका थाप्न नपाएकाहरू आज पनि आफन्त कहाँ आसिर्वाद लिन जाने गरेका छन् । टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ।

    कतिपय ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लगाएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।

    विजयादशमीको भोलिपल्ट पर्ने पापाङ्कुशा एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। 

    आजका दिन काठमाडौँको बूढानीलकण्ठ भक्तपुरको चाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

    २०८०, कार्तिक ८ बुधवार०७:२६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार