आज कोजाग्रत पूर्णिमा, बडादसैँ पर्व समापन हुँदै

आज कोजाग्रत पूर्णिमा, बडादसैँ पर्व समापन हुँदै

२०८०, कार्तिक ११ शनिवार

  • 977
    SHARES

  • आज कोजाग्रत पूर्णिमा, बडादसैँ पर्व समापन हुँदै

    काठमाडौँ । बडादसैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । 

    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर आज बाट १५ दिन लामो दसैँ पर्व समापन हुन्छ ।

    शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको  हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । 

    जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ ।

    दुर्गाका तीन वटा रूपमध्येकी एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

    नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ  । 

    २०८०, कार्तिक ११ शनिवार०८:०३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार