आज पहाडी भेगमा‍ हल्का वर्षा र हिमपात हुने

आज पहाडी भेगमा‍ हल्का वर्षा र हिमपात हुने

२०८०, कार्तिक १४ मंगलवार

  • 553
    SHARES

  • आज पहाडी भेगमा‍ हल्का वर्षा र हिमपात हुने

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    यस्तै, बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशभर आंशिक बदली रहने छ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०८०, कार्तिक १४ मंगलवार०७:३२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार