संयुक्त राष्ट्रसंघका महासचिवले आज संसदमा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिवले आज संसदमा सम्बोधन गर्ने

२०८०, कार्तिक १४ मंगलवार

  • 577
    SHARES

  • संयुक्त राष्ट्रसंघका महासचिवले आज संसदमा सम्बोधन गर्ने

    काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

    बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

    संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

    महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।

    २०८०, कार्तिक १४ मंगलवार०७:३६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार