विश्वकप एसिया छनोट : ओमान २२ रनले विजयी

विश्वकप एसिया छनोट : ओमान २२ रनले विजयी

२०८०, कार्तिक १४ मंगलवार

  • 893
    SHARES

  • विश्वकप एसिया छनोट : ओमान २२ रनले विजयी

    काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो । 

    सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिए । त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

    बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले दुईरदुई विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान एकरएक विकेट झारे । 

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो । उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिए । त्यस्तै  प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडे । सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई ÷दुई विकेट झारे । 

    यस जितसँगै ओमानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै सिंगापुरको भने यो लगातार दोस्रो हार हो  । हिजो भएको पहिलो खेलमा सिङ्गापुर आयोजक नेपालसँग आठ विकेटले पराजित भएको थियो ।

    २०८०, कार्तिक १४ मंगलवार०३:२५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार