२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा

२०८०, कार्तिक १५ बुधवार

  • 781
    SHARES

  • २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा

    काठमाडौं । २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । यद्यपि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ ।

    त्यव् समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ ।

    सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ ।

    अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया मात्रै रहेको छ । कतारले गतवर्ष विश्वकपको सफल आयोजना गरेको थियो ।

    सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।

    २०८०, कार्तिक १५ बुधवार०७:१३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार