भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

२०८०, कार्तिक १८ शनिवार

  • 657
    SHARES

  • भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनु भएको छ । 

    उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

    २०८०, कार्तिक १८ शनिवार०७:४०:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार