काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।
५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको पनि प्रहरीले जनाएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ १०५ जना घाइते रहेको रहेका छन् । हालसम्मको जानकारी अनुसार मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।