मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

२०८०, कार्तिक १९ आइतवार

  • 621
    SHARES

  • मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ।

    बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्ने छ।

    शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’ आफैँ जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी फर्किएका थिए। प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।

    जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ। भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घरविहीन भएका छन्। भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बस्न लागेको हो।

    २०८०, कार्तिक १९ आइतवार०७:३७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार