भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे 

भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे 

२०८०, कार्तिक २० सोमवार

  • 1.1K
    SHARES

  • भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे 

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ ।

    भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

    यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

    २०८०, कार्तिक २० सोमवार०७:५८:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार