आज देशका यी प्रदेशमा वर्षा र हिमपात

आज देशका यी प्रदेशमा वर्षा र हिमपात

२०८०, कार्तिक २१ मंगलवार

  • 609
    SHARES

  • आज देशका यी प्रदेशमा वर्षा र हिमपात

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

    तर पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, कार्तिक २१ मंगलवार०७:२१:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार