महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

२०८०, कार्तिक २२ बुधवार

  • 901
    SHARES

  • महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

    बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग रकम प्रदान गरेको हो ।

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

    महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले अर्थ मन्त्री श्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

    बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    २०८०, कार्तिक २२ बुधवार०७:५७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार