श्रीलङ्कामा डेंगुबाट सङ्क्रमितको संख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

श्रीलङ्कामा डेंगुबाट सङ्क्रमितको संख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

२०८०, कार्तिक २३ बिहिवार

  • 965
    SHARES

  • श्रीलङ्कामा डेंगुबाट सङ्क्रमितको संख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु

    कोलम्बो । श्रीलङ्कामा बुधबार बिहानसम्म डेङ्गुका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।

    यो बर्षको सुरुदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

    एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गुका कारण ४३ जनाको मृत्यु भएको छ । वर्षा यामका कारण डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् ।

    श्रीलङ्कामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ । -एजेन्सी ।

    २०८०, कार्तिक २३ बिहिवार०८:४४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार