रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज हुने

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज हुने

२०८०, कार्तिक २३ बिहिवार

  • 725
    SHARES

  • रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज हुने

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज तोकिएको छ ।

    यसैसालको गणतन्त्र दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।

    चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

    मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन ।

    नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो । 

    २०८०, कार्तिक २३ बिहिवार०८:५८:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार