आव २०७९/८० भन्दा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

आव २०७९/८० भन्दा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

२०८०, कार्तिक २५ शनिवार

  • 857
    SHARES

  • आव २०७९/८० भन्दा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्ष २०७९/८० को यसै अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो ।

    यस अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वढेर ४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

    २०८०, कार्तिक २५ शनिवार१२:५१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार