कृषि विकास बैंकद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग

कृषि विकास बैंकद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग

२०८०, कार्तिक २५ शनिवार

  • 857
    SHARES

  • कृषि विकास बैंकद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग

    काठमाडौं । कृषि विकास बैंकले जाजरकोट, रुकुम-पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ।

    बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे।

    उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरिएको छ।

    जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ।

    २०८०, कार्तिक २५ शनिवार०१:३६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार