टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न महामन्त्री शर्माको आग्रह

टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न महामन्त्री शर्माको आग्रह

२०८०, कार्तिक २७ सोमवार

  • 953
    SHARES

  • टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न महामन्त्री शर्माको आग्रह

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

    महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन माग गरेका हुन् । 

    आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो। द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

    ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने ? कि जोखिम रहित उपचार खोज्नेरु,’ उनले लेखेका छन्, ‘एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ  ियो निर्णय अविलम्ब फिर्ता होस्।’" महामन्त्रीले सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

    २०८०, कार्तिक २७ सोमवार०४:०३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार