आज कोशी सहित यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

आज कोशी सहित यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

२०८०, कार्तिक ३० बिहिवार

  • 645
    SHARES

  • आज कोशी सहित यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

    २०८०, कार्तिक ३० बिहिवार०८:५१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार